जनयुद्धकालीन घटनालाई अपराधीकरण गर्न खोजिए सह्य हुने छैन : सचिव आचार्य
सोमबार, २७ चैत २०७९, १४ : ५२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले जनयुद्धकालीन घटनालाई लिएर अपराधीकरण गर्न खोजिए सह्य नहुने टिप्पणी गरेका छन् ।
माओवादी घटकको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आचार्यले जनयुद्धकालीन सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंगो लगाउनु पर्ने बताए ।
‘राज्यले जनयुद्धमा लागेका व्यक्तिलाई पक्राउ गर्ने जेल हाल्ने गर्दै छ । जो परिवर्तन ल्याउन लड्यो त्यसलाई पक्राउ गर्ने कार्य निन्दनीय छ’ आचार्यले भने,‘सरकारले जनयुद्धकालीन घटनालाई लिएर पक्राउ गर्ने धरपकट गर्ने कार्य रोकेर यस्ता विषयलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याउनुपर्छ ।’
देशी विदेशी प्रतिक्र्रियावादीहरु जनयुद्धलाई अपराधीकरण लागेको भन्दै आचार्यले आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
-
मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ
-
आन्तरिक उडान गर्ने हवाई जहाजले यात्रुलाई भेडा बाख्राजस्तो व्यवहार गरे : महेश बस्नेत
-
मखनमा ग्याँस विस्फोटबाट आगलागी, मृतक महिला नाङ्लो पसले
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
-
वीर अस्पताल सुधारका लागि उपाध्यायको संयोजकत्वमा कार्यदल गठन