बर्दियाली कलाकार समाजमा बिसीकै नेतृत्व
काठमाडौँ । बर्दियाली कलाकार समाजको अध्यक्षमा लोक गायक कमल बिसी चुनिएका छन् । समाजको प्रथम साधारण सभाले अध्यक्षमा पुन: बिसीलाई चुनेको हो ।
नेपाली कला, भाषा, साहित्य, गीत, संगीत र संस्कृतिका विविध विधामा क्रियाशील बर्दियाली कलाकर्मीहरुको हकहित र संरक्षणका लागि गठित समाजको साधारण सभाले १७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा लोकदोहोरी गायिका पूर्णकला बि.सि., महासचिवमा गायक तथा संगीतकार बिपी. वाग्ले, सचिवमा गायक/संगीतकार आर.के. थारु, कोषाध्यक्षमा गायिका/संचारकर्मी अनिता चलाउने, सह–कोषाध्यक्षमा मोडल अञ्जली अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मोडेल टिका जैसी, नरेश एम.सी., सन्देश अधिकारी, अभिषेक वाग्ले, अस्मिता पुरी, प्रिजोल भण्डारी, गगन बहादुर सिंह, युद्ध मगर, महिमा कुश्मि, केशब शाही र राजेश थारु चुनिएका छन् ।
समाजको साधारण सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, पूर्व सिँचाइ मन्त्री सन्जय गौतम, निवर्तमान खानेपानी मन्त्री अब्दुल खान, शान्ति चौधरी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय सदस्य सोमति थारु, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय महासचिव शिब हमाल लगायतको उपस्थिति रहेको थियो ।
समाजलाई सहयोग पुर्याउने विभिन्न व्यक्ति पनि सम्मानित भएको कार्यक्रममा समाजका अध्यक्ष कमल बि.सीले कलाकारका हकहितमा काम गर्न र सुख, दुःखमा साथ दिन समाज हरपल तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण