शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘पशुपति प्रसाद २’ मा आँचलको इन्ट्री

मङ्गलबार, २८ चैत २०७९, १० : २४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा अभिनेत्री आँचल शर्मा भित्रिएकी छन् । फिल्मको केही दृश्य र एक गीतमा अभिनय रहने गरेर निर्माण युनिटले आँचललाई फिल्ममा भित्र्याएको हो ।

गत १० चैत्रबाट छायाङ्कन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा आँचलको भूमिका अहिले खुलाउन नमिल्ने निर्देशक निर्देशक दीपेन्द्र के खनालले बताए ।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहनेछ । ३५ दिनको छायाङ्कन सेडुल सहित सुरु भएको फिल्मको रिलिज आउँदो वर्षको कार्तिक ४ गतेबाट तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप