सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
बुटवल । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन सरकारले पूर्णता पाएपछि अत्यन्तै व्यवस्थित र परिणामुखी ढंगले काम गर्ने बताएका छन् । उनले त्यसका लागि प्रतीक्षा गर्न पनि सबैलाई आग्रह गरे ।
प्रेस सेन्टर नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले सरकारले लिएको लक्ष्य पूरा गर्न दृढ प्रतिबद्ध रहेको बताए । उनले केही दिनमा सरकारले पूर्णता पाएपछि काम तीव्रताका साथ अघि बढ्ने बताउँदै सुशासन र समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे ।
उनले अर्थतन्त्रमा केही समस्या देखा परे पनि तिनलाई समाधान गर्दै अर्थतन्त्रलाई लयमा ल्याउन सके समृद्धिमा फड्को मार्न सकिने दाबीसमेत गरे । अहिले राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय एकतालाई सुदृढ गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र सामाजिक तथा आर्थिक रुपान्तरण एवं आम मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्ने खाँचो औंल्याए ।
आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि आन्तरिक र बाह्य सुशासनमा ध्यान दिएको जिकिर गर्दै उनले कहीँकतै राजनीति र आर्थिक चलखेलले भूमिका नपाओस् भन्ने गरी अघि बढेको बताए ।
‘शान्ति सुरक्षाको सुनिश्चितता गर्नुपर्छ, कालोबजारी र अपराध नियन्त्रण गर्न लागिपरेका छौं,’ उनले भने ।
उनले नागरिकता विधेयक अगाडि बढाउने बताए । संविधानअनुसार नागरिकता पाउनुपर्ने नागरिकलाई नागरिकता बिहीन बनाउन नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण