ट्रेलरमा यस्तो देखियो ‘कैदीको पत्र’
काठमाडौंँ । वैशाख १५ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र हो ‘कैदीको पत्र’ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रले ट्रेलर सार्वजनिक गरेको छ । दुई मिनेट ४७ सेकेण्डको ट्रेलरमा एक युवक, उसको वरपर सबन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार चढावलाई चित्रण गरिएको छ । स्कटल्याण्डमा पुरै छायांकन भएको चलचित्रलाई सनमकुमार बैरागले निर्देशन गरेका हुन् । चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ कथाको बनाएको छ ।
चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेन वेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता रहेको चलचित्रमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत छ । चलचित्र उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण