बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

रौतहटको गरुडामा गोली चल्यो, एक प्रदर्शनकारी घाइते

बुधबार, २९ चैत २०७९, २० : ५०
बुधबार, २९ चैत २०७९

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् । 

प्रहरीको गोली लागेर गजेन्द्र घाइते भएको दीपकले बताएका छन् । गोली यादवको काँखीमा लागेको बताइएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए । 

घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप