उद्योग वाणिज्य महासङ्घ चुनाव
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्णय, अन्जान श्रेष्ठ भावी अध्यक्ष
बिहीबार, ३० चैत २०७९, २३ : ००
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठ व्याक भएका छन् । यससँगै अन्जान श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बनेका छन् ।
बिहीबारदेखि अध्यक्ष बनेका चन्द्र ढकालले सर्वसम्मतिका लागि पहल अघि बढाएपछि सहमति भएर उमेश ब्याक भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि प्यानलसहित ३ जना उम्मेदवार बनेका थिए। तर, हिजो साँझ सम्पन्न पहिलो चरणको चुनावी नतिजा निष्कर्षविहीन बनेको थियो ।
वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवारमध्ये अन्जान श्रेष्ठले ३७.९९ प्रशिशत, उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
तीन उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसक्दा नेउवा महासंघको विधान अनुसार दोस्रो चरणको निर्वाचन हुने भएको थियो । तर, सहमति बनेसँगै आज हुने भनिएको दोस्रो चरणको मतदान भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण