बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँ :  उमेशलाल श्रेष्ठ

बिहीबार, ३० चैत २०७९, २० : १०
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् ।

बिहीबार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताए । उनले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताए ।  

उनले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताए । उनले महासंघको निर्वाचन पद्धति खराब भएको बताए ।  

उनले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताए ।  उनले आफू बाचुन्जेल महासंघमा नै रहने बताए । उनले महासंघको नयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिए । 

उनले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताए ।   उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप