निर्वाचनलाई फोहोर नबनाउन अञ्जनलाई समर्थन गरेँ : उमेशलाल श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका व्यवसायी उमेशलाल श्रेष्ठले महासंघको चुनावलाई थप फोहोर नबनाउन अञ्जन श्रेष्ठलाई समर्थन गरेको बताएका छन् ।
बिहीबार वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई समर्थन गर्दै यस्तो बताए । उनले महासंघको चुनावलाई थप फोहोर नबनाउन दोस्रो चरणको निर्वाचनमा नजाने निर्णयमा पुगेको बताए ।
उनले दोस्रो चरणको निर्वाचनमा आफूले र अञ्जनले पनि ४/५ करोड खर्च गर्न सक्ने अवस्थामा भएपनि चुनावलाई फोहोरी नबनाउन आफूले अञ्जनलाई समर्थन गरेको बताए । उनले महासंघको निर्वाचन पद्धति खराब भएको बताए ।
उनले महासंघको विधानलाई पुनः लेखन गर्नुपर्ने बताए । उनले आफू बाचुन्जेल महासंघमा नै रहने बताए । उनले महासंघको नयाँ नेतृत्वले वैशाख २ गतेबाट महासंघलाई सबैको बनाउन सुझाव दिए ।
उनले महासंघका निर्वाचित नेतृत्व आगामी दिनमा एक भएर काम गर्न आवश्यक रहेको बताए । उनले महासंघको सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण