बलिउडका यी स्टार, जो पहिलोपटक देखिँदैछन् एकसाथ
मुम्बई । फिल्मलाई विशेष र शानदार बनाउन निर्माता नयाँ–नयाँ प्रयोग गर्छन् । कथा, संवाद, पहिरन र स्थानसँगै उनीहरु कलाकार छनोटमा पनि विशेष ध्यान दिन्छन् । बलिउड निर्माता यो वर्ष केही नयाँ जोडी ल्याउने तयारीमा छन् । जसको चर्चा अहिले गर्न खोजिएको छ ।
सलमान–पूजा
सलमान खानको धेरै हिरोइनसँगको जोडी रहेको फिल्म सुपरहिट भएको छ । उनी अब छिट्टै अभिनेत्री पूजा हेगडेसँग स्क्रिन सेयर गर्दैछन् । अप्रिल २१ मा रिलिज हुन लागेको फिल्म ‘किसी का भाइ किसकी जान’ मा यी दुई पहिलो पटक एकसाथ देखिन लागेका हुन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसमा दुबैको अचम्मको केमेस्ट्री देख्न सकिन्छ ।
शाहरुख–नयनतारा
फिल्म ‘पठान’ पछि शाहरुख खान अहिले ‘जवान’ लाई लिएर चर्चामा छन् । यो फिल्ममा उनी पहिलो पटक साउथ अभिनेत्री नयनतारासँग स्क्रिन सेयर गर्दैछन् । शाहरुख र नयनताराको यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् ।
दीपिका–ऋतिक
फिल्म ‘फाइटर’ सन् २०२४ मा रिलिज हुँदैछ । फिल्मलाई ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । रिपोर्टका अनुसार यस फिल्ममा ऋतिक रोसनसँगै दीपिका पादुकोण पनि देखिनेछिन् । ऋतिक र दीपिका एकसाथ पहिलो पटक देखिन लागेका हुन् ।
शाहरुख –तापसी
तापसी पन्नु बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक हुन् । अभिनेत्री शाहरुख खानसँग पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् । तपसी र शाहरुख फिल्म ‘डांकी’ मा एकसाथ देखिन लागेकी हुन् ।
अनन्या–आयुष्मान
आयुष्मान खुराना र अनन्या पाण्डेको जोडी पनि पहिलो पटक पर्दामा देखिने भएको छ । २०१९ मा रिलिज भएको फिल्म ‘ड्रिम गर्ल’ को सिक्वेल ‘ड्रिम गर्ल २’ मा दुवैलेसँगै स्क्रिन सेयर गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण