नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहितको गिरोहलाई कारबाही गर्न मेटमणीको माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले सो गिरोहमा पूर्वमन्त्री समेत संलग्न भएको, गृह मन्त्रालयको गाडी समेत प्रयोग भएको विषयबारे संसदमा ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘नेपाल सरकारले २०७५ साल मंसिर ३ गते बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समिति गठन गर्ने निर्णय बमोजिम २०७६ साल साउन २४ गते तत्कालीन गृहमन्त्रीको संयोजकत्वमा ९ सदस्य समिति गठन भयो । पछि नेपालीलाई भुटानी शरणार्थी बनाउन नेपाली गिरोह सक्रिय भयो । त्यसमा तत्कालीन मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारीहरूको समेत नाम मुछियो । एकजनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएको, गृह मन्त्रालयको गाडी प्रयोग भएको र मन्त्रीहरुको नातेदारको नाममा चेक समेत काटिएको म्यासेन्जर र हाट्सएपमा कुराकानी भएको रेकर्ड भेटिएको छ । त्यस कारण यो मानव बेचबिखन र ठगीको जघन्य अपराध हो । अपराधमा संलग्न जोसुकै होस कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण