आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक कमाण्ड तथा स्टाफ तालिम सुरु

सोमबार, ०४ वैशाख २०८०, २१ : ०३
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३० कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिमको बलाध्यक्ष रथी सिताराम खड्काले एक समारोहकाबीच शुभारम्भ गरेका हुन् ।    

समारोहलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले तालिममा सरिक सम्पूर्ण स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्‍दै कलेजका शिक्षाधिकृत उपरथी सन्तोष कुमार ढकालले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्त्वका बारे प्रकाश पारेका थिए ।

मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जना सहित ५३ अधिकृतहरू लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना अधिकृतहरू तथा मित्रराष्ट्र भारत, पाकिस्तान, केन्या, कोरिया, मालदिभ्स र नाइजेरिया १/१ जना गरी ६ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ६२ जना अधिकृतहरू सहभागी छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप