सैनिक कमाण्ड तथा स्टाफ तालिम सुरु
काठमाडौँ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३० कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिमको बलाध्यक्ष रथी सिताराम खड्काले एक समारोहकाबीच शुभारम्भ गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै बलाध्यक्ष रथी खड्काले तालिममा सरिक सम्पूर्ण स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई सफलतापूर्वक तालिम सम्पन्न गर्न शुभकामना दिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शिक्षाधिकृत उपरथी सन्तोष कुमार ढकालले सैनिक कमाण्ड तथा स्टाफ तालिमको महत्त्वका बारे प्रकाश पारेका थिए ।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत १ जना सहित ५३ अधिकृतहरू लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ जना अधिकृतहरू तथा मित्रराष्ट्र भारत, पाकिस्तान, केन्या, कोरिया, मालदिभ्स र नाइजेरिया १/१ जना गरी ६ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ६२ जना अधिकृतहरू सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभि किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण