शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘वार–२’ का निर्देशकको पारिश्रमिक ३२ करोड

मङ्गलबार, ०५ वैशाख २०८०, ०९ : २६
मङ्गलबार, ०५ वैशाख २०८०

मुम्बई । ‘वार २’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महँगो पारिश्रमिक लिएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार २’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन । 

भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार २’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन् । 

ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ ।  करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार–२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निर्माण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप