उपप्रधानमन्त्री श्रेष्ठसँग भाजपाका चौथाइवालेको भेटवार्ता
मङ्गलबार, ०५ वैशाख २०८०, १४ : ०१
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले मंगलबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
धनगढीको एक कार्यक्रममा सहभागी हुन भारतको स्थलमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाइवाले वैशाख ३ गते धनगढीको कार्यक्रम सकाएर काठमाडौँ आएका थिए । सो क्रममा उनले आज उपप्रधानमन्त्री श्रेष्ठलाई भेटेका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटमा दुई देश बीचको सम्बन्ध तथा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल भएको बताइएको छ ।
उनले प्रधानमन्त्री प्रचण्डलगायतसँग समेत भेटवार्ता गरेर दिल्ली फर्किने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण