गृहमन्त्रीले देखेका ४ राष्ट्रिय कार्यभार
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार पत्रकारहरुसँग लामो छलफल गरेका छन् । गृह प्रशासन सुधार गर्नेबारे सुझाव लिन पत्रकारलाई मन्त्रालयमा बोलाएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चारवटा राष्ट्रिय कार्यभारको व्याख्या गरे ।
सम्वृद्धिका लागी आफ्नो जीवन समर्पण गरेको बताएका श्रेष्ठले राजनीतिलाई ‘सफा’ नगरीकन देशको परिवर्तन नहुने बताए । उनले भने,‘देश परिवर्तन गर्न राजिनीतीमा सफाइ जरुरी छ ।’
अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा पहिलो कार्यभार भएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले सो कार्यभार पुरा गर्न सुरक्षा व्यवस्था मजबुद बनाउनुपर्ने बताए । ‘लोकतन्त्रको रक्षा’ वर्तमान दोस्रो कार्यभारको रूपमा गृहमन्त्रीले व्याख्या गरेका छन् ।
‘जनयुद्ध र दशकौंको बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप गणतन्त्र स्थापना गरेका छौं’ श्रेष्ठले भन,‘लोकतन्त्रलाई उल्ट्याउन खोज्ने असंवैधानिक गतिविधिलाई छुट दिन सक्दैनौं ।’
तेस्रो, कार्यभारको रूपमा शान्ति प्रक्रियाको बाँकी काम पुरा गर्नुपर्ने उनले बताए । श्रेष्ठले भने,‘सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत संक्रमणकालिन न्यायलाई टुंगोमा लैजानुपर्छ त्यो हाम्रो तेस्रो कार्यभार हो ।’
आर्थिक, सामाजिक रूपान्तरण र संवृद्धिलाई श्रेष्ठले चौंथो कार्यभारको रूपमा व्याख्या गरेका छन् । श्रेष्ठले भने,‘सामाजिक, आर्थिक रूपान्तरण र संवृद्धि हाम्रो चौंथो कार्यभारको रूपमा छ ।’ ४ कार्यभार पुरा गर्न सुशासन पहिलो शर्त भएको उनले बताए ।
‘बिचौलियाको चलखेल अब चल्दैन्’
सुरक्षा निकाय र गृह प्रशासनलाई राजनीतिक दबाब मुक्त बनाउने गृहमन्त्रीले उद्घोष गरेका छन् । ‘गृह प्रशासनलाई दबाबमुक्त राख्छु’ श्रेष्ठले भने,‘सुरक्षा निकाय र गृह मन्त्रालयमा बिचौलियाको चलखेल शून्यमा झारिन्छ ।’
प्रहरी कार्यालय र जिल्ला प्रशासनमा शक्तिकेन्द्रमा धाउन नसक्ने सर्वसाधारणको काम प्राथमिकतामा राख्नेगरी काम सुरु गरेको श्रेष्ठले बताए । ‘काम ढिलो गरेमा झर्छ कि भन्ने अवस्था अब चल्दैन्’, श्रेष्ठले भने,‘सेवा प्रवाहमा ढिलाइ हुन दिन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण