बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने निर्णय अनुपयुक्त : काँग्रेस नेताहरु

मङ्गलबार, २२ फागुन २०७४, १२ : ०६
मङ्गलबार, २२ फागुन २०७४

काठमाडौं–प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने गरि प्रधानमन्त्री मातहत विभागहरु   ल्याउन लागिएको कार्य उपयुक्त नभएको काँग्रेस नेताहरुले वताएका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता रामशरण महतले प्रधानमन्त्री कार्यालय नेतृत्वदायी भुमिकामा रहनुपर्ने वताउदै मन्त्रालयहरुको समन्वय गर्नुपर्ने निकायले विभागहरुलाई प्रत्यक्ष मातहतमा ल्याउने कार्य उपयुक्त नहुने वताए ।
 महतले प्रधानमन्त्री मातहतमा विभागहरु ल्याँउदैमा सकरात्मक प्रतिफल नदिने वताए ।
अर्का नेता डा. शेखर कोइरालाले राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभाग प्रधानमन्त्री माहतहत ल्याउनै नहुुनेमा जोड दिए । ‘आर्थिक चलखेलका विभागहरु’ प्रधानमन्त्री मातहत हुन नहुने उनले वताए । ‘प्रधानमन्त्रीले माथिल्लो निकायबाट परिक्षण गर्न मिल्छ तर आफु नै प्रत्यक्ष सम्लग्न हुन मिल्दैन ।’ कोइरालाले भने । एनजिओ तथा आएनजिओको गतिविधीको अनुगमन प्रधानमन्त्री कार्यालयबाट हुन नहुने उनले वताए । 
 अनुसन्धानमुलक निकायहरुले आशातित रुपमा कार्य गर्न नसकेको जनाउँदै नयाँ सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहने गरि अनुसन्धानमुलक निकायलाई ल्याउने निर्णय फागुन १६ मा गरेको थियो ।
राष्ट्रिय अनुसन्धान विभाग,राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई नयाँ सरकारले प्रधानमन्त्री कार्यालय रहने गरि नयाँ निर्ण य गरेको थियो । त्यस्तै गैर सरकारी संस्थाहरुको व्यवस्थापन र अनुगमन प्रधानमन्त्री कार्यालय मार्फत प्रत्यक्ष गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप