गृहमन्त्री श्रेष्ठले भने– अर्थतन्त्र संकटमा छैन, सुधार हुन्छ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन् ।
उनले सरकारले समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए । उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताए । उनले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण