शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आईएमईको आइपिओ निष्काशन प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मङ्गलबार, १२ वैशाख २०८०, २१ : ५६
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । आईएमई  लिमिटेडको साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु  क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

मंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  

आईएमईले आफ्नो रु. १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर (आइपिओ) सर्वसाधारणका लागि  सार्वजनिक निष्काशन गर्न लागेको छ ।

आईएमईले  २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटकपटक ‘ठूला करदाता सम्मान’ बाट आईएमई लिमिटेड पुरस्कृत भएको जनाइएको छ ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप