२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने
काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ज रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।
बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले भने, बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ । .
भूकम्प गएको वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन। तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै आएको थियो ।
गत वर्ष विभागले २०८२ सालसम्ममा सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको थियो । तर, यही अवस्थामा अर्को दुई वर्षमा पनि निर्माण सम्पन्न हुन सक्ने अवस्था देखिदैन ।
तथ्यांकअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदामा क्षति पुयाएकोमा हालसम्म देशभरका ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सयवटा सम्पदाहरू पुनः निर्माणको क्रममा रहेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण