मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज
बुधबार, १३ वैशाख २०८०, १० : ०४
काठमाडौँ । मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।
२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण