सरकार नागरिकता विधेयक छिट्टै अघि बढाउने तयारीमा छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयक ल्याउने तयारीमा रहेको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधानले जसले जुन प्रावधान अन्तर्गत नागरिकता प्राप्त गर्नेछ भनिएको छ, उनीहरूलाई नागरिकताबाट वञ्चित गरिनुहुँदैन भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताए ।
उनले भने– ‘यसअगाडि सरकारले नागरिकता संशोधन विधेयक अघि बढाएको, त्यो सांसदले पारित गरेको र त्यो राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको कारणले गर्दा कानुनको रूप लिन नसकेको सबैलाई स्पष्ट नै छ । अहिले पनि सरकार छिटोभन्दा छिटो नागरिकता प्राप्त गर्न पाउनेहरूलाई कानुन बनाएर नागरिकता दिने भनेका छौँ । नागरिकता विहीनहरूको पीडा हामी सबैले बोध गर्न जरुरी छ र सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएको छ । नागरिकता पाउनुपर्ने तर नपाइरहेको कानुनको अभावले भइरहेको समस्यालाई छिटो समाधान गर्नका लागि नागरिकता दिन सरकार दृढ र प्रतिबद्ध रहेको छ ।’
उनले नागरिकता दिलाउन ढिलाइ नगर्ने बताउँदै नागरिकता जस्तो संवेदनशील जस्तो विषयमा सबै राजनीतिक दल एकताबद्ध हुनका लागि अहिले सबै पार्टी र सरोकारवाला पक्षसँग छलफलमा रहेको जानकारी गराए । उनले नागरिकता पाउनुपर्ने व्यक्तिलाई नागरिकता दिलाउन सरकार पछि नहट्ने बताउँदै त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न सरकार प्रयासमा रहेको बताए । उनले त्यसका लागि सबैलाई गम्भीरतापूर्वक लिन अपिल समेत गर्दै नागरिकता सम्बन्धी विधेयकलाई अगाडि बढाउन लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण