बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भ्रष्टाचारीहरूको मूल जरो त आखिर सरकारमा भेटियो : मन्त्री रन्जिता श्रेष्ठ

बिहीबार, १४ वैशाख २०८०, १४ : ३९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ ।

यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले बिहीवार सामाजिक सञ्जाल फेसबुकमा एक गजल पोस्ट गरेकी छिन् । जसमा भ्रष्टाचारीहरूको मूल जरो त सरकारमा भेटिएको अभिव्यक्ति समेटिएको छ । 

साथै, वर्तमान नेताहरुले  देश कति बनाए भन्ने कुरा व्यवहारमा भेटिएको पनि सार पस्किएकी छिन् ।

पढौँ गजलको पूर्ण अंशः
बुज्नुस्  ऊ दोषी  यही आधारमा  भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो ।
जरो   खन्दै   गइयो भ्रष्टाचारीहरूको
मूल जरो त आखिर सरकारमा भेटियो ।
कहिले भने र यिनीहरुले  देश बिगार्छौ भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो ।
शिर झुकाएर नमन उसको कलाकारितालाई
अगाडि गुलाब  पछाडि तरवारमा  भेटियो ।
ऊ होइन भनिरह्यो, म जिद्दी गरिरहे अन्तिममा
उसको  परिवहन  मेरो रक्तसञ्चारमा भेटियो ।

मन्त्री पदमा विराजमान रन्जिता श्रेष्ठ चौधरीले आखिर सरकारकै विरोध गरेर, सरकारलाई नै भ्रष्टाचारी करार गरेर किन सिर्जना गर्नु पर्यो ? चर्चाको विषय भएको छ । 

Ranzita poem
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप