सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

हेटौँडा-कुलेखानी-फाखेल सडक असार २५ गतेसम्म नखुल्ने

सोमबार, १५ असार २०८३, १६ : २४
सोमबार, १५ असार २०८३

सारांश

  • हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीको हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ सडक असार २५ गतेसम्म बन्द रहने भएको छ ।
  • महा लक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलानको काम सम्पन्न भए पनि प्राविधिक कारणले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
  • सडक ढलान गरिएको स्थानमा कङ्क्रिट सेट हुन समय लाग्ने भएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

हेटौँडा । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको हेटौँडा-कुलेखानी-फाखेल-काठमाडौँ सडक आगामी असार २५ गतेसम्मै बन्द हुने भएको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित वडा नम्बर २ र ४ मा पर्ने महालक्ष्मी खोलामा पुल निर्माण र उकालो सडक ढलान गर्नका लागि गत जेठ १५ गतेदेखि १ महिनाका लागि उक्त सडक पूर्णरुपमा बन्द गरिएको थियो। हाल पुल निर्माण र ढलानको कार्य सम्पन्न भइसके तापनि प्राविधिक कारणले सवारी साधन सञ्चालन गर्न अझै केही दिन कुर्नुपर्ने पूर्वाधार विकास कार्यालय, हेटौंडाले  जनाएको छ।

सडक ढलान गरिएको स्थानमा कङ्क्रिट सेट हुन र आवश्यक स्ट्रेन्थु हासिल गर्न समय लाग्ने भएकाले सडक बन्द गर्ने अवधि थप गरिएको कार्यालयको भनाइ छ।

कार्यालय प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक खण्ड साँघुरो भएको र ढलान गरिएको भागमा पूर्ण रूपमा सवारी सञ्चालन गर्न अझै परिपक्व नभएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको बताए । 

 सडक बन्द रहेको अवधिभर सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा कुलेखानी सिस्नेरी दक्षिणकाली सडक प्रयोग गरी दुईतर्फी आवागमन मिलाउन पूर्वाधार विकास कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौँलाई समन्वयका लागि अनुरोध समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप