यामलाल कँडेल भन्छन्–हाम्रो सल्लाह नमानेकाले मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्यो
सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एमालेले भनेको सल्लाह नमानेका कारण तेस्रो पटक विश्वासको मत लिनुपरेको बताएका छन् ।
मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धि दर्ता गराएको प्रस्तावमाथि छलफलको विषयमा बोल्दै कँडेलले यस्तो बताएका हुन् ।
उनले भने,‘ हाम्रो सल्लाह अनुसार अघि बढेको भए तेस्रो पटक विश्वासको मत लिनुपर्दैनथ्यो । तर, उहाँ अर्कै बाटो समातेर अघि बढ्नुभयो ।’
कँडेलले कांग्रेस–माओवादीबीचको गठबन्धन कुर्ची बाहेक अरू कुनै नमिल्ने समेत तर्क गरे । ‘जोसँग अरू केही नमिल्ने तर कुर्ची मिल्नेहरू प्राकृतिक गठबन्धन भनेर अघि बढिरहेको छन्,’ उनले भने,‘ यसबाट जनताले के आशा गर्ने ?’
कँडेलले मुख्यमन्त्री शर्माको सय दिने अवधि खासै आशालाग्दो नरहेको प्रस्ट्याए ।
कँडेलले ११ माघमा मन्त्रिपरिषद् गठन गर्दा शर्माले प्रदेश प्रमुखको कार्यालयलाई दुरुपयोग गरेको आरोप लगाए ।
‘मुख्यमन्त्रीले मन्त्रीको नाम मात्र पठाएको तर, शपथ ग्रहणपछि एक्कासी राज्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुखको कार्यालयलाई दुरुपयोग गरियो,’ उनले भने,‘ यसले आम जनताप्रति निराशा पैदा गर्छ । उसैत पहिलो कार्यकालमा मन्त्री उत्पादन गर्ने कारखाना कर्णाली बन्यो ।’
केन्द्रमा शान्ति प्रक्रियापछि सदाबहार सत्ताधारी पार्टी माओवादी संघीयतापछि कर्णालीमा सदाबहार सत्ता पक्षनै रहेको र माओवादीबाट विकास र परिवर्तनको रेखा कोरिन सम्भव नहुने उनको तर्क छ ।
साथै कँडेलले एमालेले विपक्षमा मतदान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण