कलाकारहरुलाई यही क्षेत्रमा जिउन सक्ने वातावरण सरकारले सिर्जन गर्छः गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै श्रेष्ठले मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग भएको बताए ।
उनले कला, संगीत समाजको यर्थाथहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यम भएको उल्लेख गरे । उनले संगीत सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष रहेको बताए ।
‘मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग हो । यो समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्न सकिन्छ’, उनले भने, ‘कला, संगीतले समाजको यर्थाथहरुलाई, सकारात्मक सुन्दरताहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्छ , एकपछि अर्को पुस्तासँग निरन्तर अघि बढाउन बहाकको काम गर्छ, संगीत, कलाको क्षेत्रले आफ्नो राष्ट्रको गौरवलाई सथापित गर्न प्रचार कर्ताको काम गर्छ । त्यसकारण सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष हो संगीतकला । आगामी दिनमा सरकारले यो क्षेत्रलाई प्रोत्साहीत गर्न, यो क्षेत्रका कलाकारले आफ्नो जीवन यसैमा लगाएर अघि बढाउनसक्ने वातावरण बनाउन त्यो दिशामा सरकारले ध्यान दिनेछ ।’
मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले कलाकारिताको क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण