कविता
देश परदेश
शनिबार, १६ वैशाख २०८०, १० : ३७
पोखिन्छन् पोखियोस्
प्रशस्तै पसिनाहरू परदेशमा
बिन्ती नपोखिउन् किम्ती जिन्दगीहरू
त्यसै अनाहकमा
बढोस् घुर्यानमा उही पुरानै
इन्द्रकमलको बोट
तर छरोस् नयाँ वासना
र, पठाइयोस् परदेशीहरूलाई
बाडुलीमा पोको पारेर
एक मुठी सम्झना ।
....
अपसोच उता
परिस्थिति यस्तो छ कि देशको
जल्न थाले गरी खानेहरू देशमै
खन्याएर निराशाको मट्टितेल
आफ्नै जिउमा
कोरेर आक्रोशको मचिस
सल्काए आफैलाई
तब ऊ जलिरहँदा
ऊ एक्लै जल्यो कि
देश जल्यो ऊ सँगसँगै ?
....
बुझ्नु पर्नेहरूले
कहाँ बुझ्यो खै ?
भन्न त भन्छन् नि भन्नेहरू
मर्नु भन्दा बौलाउनु जाति
तर मलाई दुबै नामन्जुर छ
आमा,
मलाई तेस्रो विकल्प दिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण