कविता
देश परदेश
शनिबार, १६ वैशाख २०८०, १० : ३७
पोखिन्छन् पोखियोस्
प्रशस्तै पसिनाहरू परदेशमा
बिन्ती नपोखिउन् किम्ती जिन्दगीहरू
त्यसै अनाहकमा
बढोस् घुर्यानमा उही पुरानै
इन्द्रकमलको बोट
तर छरोस् नयाँ वासना
र, पठाइयोस् परदेशीहरूलाई
बाडुलीमा पोको पारेर
एक मुठी सम्झना ।
....
अपसोच उता
परिस्थिति यस्तो छ कि देशको
जल्न थाले गरी खानेहरू देशमै
खन्याएर निराशाको मट्टितेल
आफ्नै जिउमा
कोरेर आक्रोशको मचिस
सल्काए आफैलाई
तब ऊ जलिरहँदा
ऊ एक्लै जल्यो कि
देश जल्यो ऊ सँगसँगै ?
....
बुझ्नु पर्नेहरूले
कहाँ बुझ्यो खै ?
भन्न त भन्छन् नि भन्नेहरू
मर्नु भन्दा बौलाउनु जाति
तर मलाई दुबै नामन्जुर छ
आमा,
मलाई तेस्रो विकल्प दिनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण