लोकतन्त्रको रक्षा चुनौती बन्दैछ : गृहमन्त्री श्रेष्ठ
महोत्तरी । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्रको रक्षा माओवादी केन्द्रको मुख्य कार्यभार रहेको बताएका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रलाई असफल बनाउन खोज्ने प्रतिगमनकारीहरु प्रयासलाई असफल बनाउनुपर्ने चुनौती रहेको बताए ।
‘शान्तिप्रक्रियाको महत्त्वपूर्ण कार्यभार राजनैतिक परिवर्तन नै गरिसकेका छौँ र बाँकी संक्रमणकालिन न्यायका विषयहरु बाँकी छन् उनले भने । माओवादीले सामाजिक, आर्थिक कार्यभारलाई उचाइमा पुर्याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
राजनैतिक परिवर्तनलाई रक्षा गर्दै सामाजिक, आर्थिक र समाजवादको यात्रामा जान सकिएन भने राजनैतिक परिवर्तनको कुनै औचित्य रहन नसक्ने उनले बताए । उनका अनुसार अहिलेको गठबन्धन कार्यगत एकता मात्र हो । सामाजिक, आर्थिक रुपान्तरणको लागि वाम मोर्चाको जरुरी भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण