आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यक : मेयर साह

आइतबार, १७ वैशाख २०८०, १८ : ३५
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए । 

मेयर साहले आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताए । उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए ।  

मेयर साहले आयुर्वेदको प्रवर्द्धन र बिस्तार गरी विदेशी पर्यटकहरु नेपालमा भित्र्याउनुपर्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप