मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना अपडेट

२६३८ मतका साथ भण्डारीको अग्रता, माओवादीलाई कांग्रेस उम्मेदवारले उछिने

आइतबार, १६ वैशाख २०८१, २० : ०८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा १ को जारी मतगणनाअनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले अग्रता जारी राखेका छन् । उनले २६३८ मतका साथ अग्रता बनाउँदै गर्दा उनलाई कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले १९६४ मतका साथ पछ्याइरहेका छन् । 

यसैगरी माओवादी केन्द्रका जनक बहादुर बुढा १६८९ मतका साथ तेस्रो स्थानमा छन् । यसअघि बढुवा दोस्रो स्थानमा भएपछि पछिल्लो मत परिणामअनुसार भने तेस्रो स्थानमा पुगेका हुन् । यस्तै एकीकृत समाजवादीका उम्मेदवारले ९७४ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप