मौद्रिक नीतिले अर्थतन्त्र चलाइरहेको छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलाइरहेको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिले देशको अर्थनीतिमा नकारात्मक भूमिका खेलिरहेको बताएका हुन् ।
विश्वको अन्य देशमा अर्थनीति र मौद्रिक नीतिले अर्थतन्त्रको विकासमा जोड दिने भएपनि नेपालमा उल्टो रहेको बताए । यस्तै हिजो राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको देशको आर्थिक वृद्धिदरको तथ्याङ्कमा समेत संशय व्यक्त गरे ।
यस्तै, ब्याजदरको विषयमा बोल्दै उनले एकल अङ्कमा ल्याउनुपर्नेमा जोड दिए। अर्थतन्त्र सङ्कुचित भएको, व्यापार घटेको स्थितिमा ब्याजदर घट्न सकेमा अर्थतन्त्र चलायमान हुने उनले बताए । ब्याज अचाक्ली वृद्धि हुँदा उद्योग र व्यापार ३० प्रतिशतसम्म घटेको र घरजग्गाको व्यवसाय झनै धराशायी बनेको श्रेष्ठले बताए ।
ब्याज घटाउन मौद्रिक नीतिको औजार चलाएर अघि बढ्नु पर्ने बताउँदै भने, 'घरजग्गा क्षेत्रलाई अनुत्पादक भन्ने सरकारको नीति गलत छ । यसअघि अटो मोबाइललाई अनुत्पादक भनिन्थ्यो । अहिले घरजग्गालाई अनुत्पादक भनिन्छ ' घरजग्गा र आवास निर्माणले धेरै क्षेत्रलाई चलायमान बनाउँछ र धेरैलाई रोजगारी दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण