फष्टलुकमा यस्तो देखियो ‘परस्त्री’
शुक्रबार, २२ वैशाख २०८०, १६ : ०२

काठमाडौँ । फिल्म ‘परस्त्री’ को फष्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको ४ पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो ।
पोस्टरमा फिल्मका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट देखिएका छन् । फिल्म आगामी असार १५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा कोशिस, शिल्पा र गौरवको अलिसा क्षेत्री, आशान्त शर्माको मुख्य भुमिका रहेको छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म काठमाडौँ र मुस्ताङमा छायांकन गरिएको हो । फिल्मका निर्देशक सुरज पाण्डे हुन् ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य रहेको छ । नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा