नागरिकता विधेयकबारे राष्ट्रपतिको चासो, कानुनविद्लाई शीतलनिवास बोलावट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राखेका छन् । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।
यसका लागि राष्ट्रपतिले आइतबार दिउँसो शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको शीतल निवास स्रोतले जनाएको छ । छलफल दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
‘नागरिकता विधेयकको अवस्था के हो भनेर राष्ट्रपतिज्यूले चासो राख्नु भएको छ । यसबारेमा आज छलफलका लागि कानुनविद्लाई दिउँसो १ बजे बोलाइएको छ’, शीतलनिवास स्रोतले भन्यो, ‘अघिल्लो संसदबाट पारित भइसकेको विधेयक राष्ट्रपति कार्यालयमा छ । अब यसको कानुनी हैसियत के हो भनेर बुझ्न लाग्नु भएको हो ।’
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण