हिमालयन लाइफले सुरु गर्यो कारोबार
काठमाडौँ । तीन बीमा कम्पनी गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले आज मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । हिमालयन लाइफ गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ गाभिएर बनेको हो ।
यस्तै, धितोपत्र बोर्डबाट यही वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै कम्पनी रजिस्टारको कार्यालयबाट २० गते स्वीकृति पाएको थियो । कम्पनीहरू आपसमा गाभिन सम्पूर्ण चल र अचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका थिए ।
हिमालयन लाइफको मुख्य र्काालयय साविकको प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने समेत कम्पनीले नेप्सेलाई जानकारी दिएको छ । आज बिहान बीमा प्राधिकरणका हिमालयन लाइफका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका थिए । यससँगै, तीन कम्पनी गाभिएर बनेको हिमालयनले आजैदेखि एकीकृत कारोबार सुरु गरेको हो । मर्जरपछि हिमालयन लाइफको ७ अर्ब ७० करोड चुक्ता पूँजी कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण