मन्त्री लिम्बु भन्छन् : नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको समग्र विकासमा आफू इमानदार भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा उनले भने, ‘केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, त्यसैले बढी समय दिएर भए पनि लक्ष्य पूरा गर्नेतर्फ अगाडि बढ्नेछु । तर, नतिजा निकाल्न एक्लैले सम्भव हुँदैन । मलाई सबैको साथ चाहिन्छ । खेलकुद क्षेत्रभित्र समस्या छ । ती समस्या र कमीकमजोरीलाई सामूहिक प्रयासले समाधान गर्नुपर्छ । अझ यसमा स्थायी सरकारको रूपमा रहेका कर्मचारीको ठूलो भूमिका रहन्छ ।’
उनले एकअर्कालाई दोषारोपण गरेर होइन, सबै मिलेरमात्र सफलता हासिल गर्न सकिने बताए । राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुद क्षेत्रको अभिभावकत्व ग्रहण गरेकोमा मन्त्री लिम्बुलाई धन्यवाद दिए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले पनि मन्त्री लिम्बुलाई सफल कार्यकालको शुभकामना दिए । उनले नवनियुक्त मन्त्री लिम्बुसमक्ष चुनौतीलाई अवसरमा बदल्ने अवसर भएको बताउँदै आफूले राष्ट्रिय खेलकुदलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेर कोभिडपछि ठप्प भएको नेपाली खेलकुदलाई गतिमा ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण