नारायणीमा ‘सिग्नेचर पुल’ को ठेक्का
चितवन। पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिए ।
उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।
महाशाखा प्रमुख शाक्यले भने, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । डेढ अर्ब रुपियाँको लागतमा सो पुल निर्माण हुन गइरहेको छ । स्वदेशी लगानीमा नै यो पुल निर्माण हुन लागेको हो । सो पुल निर्माणको लागि तुँदी निर्माण कम्पनी छनोट भएको हो । यस पुलको निर्माण अवधि चार वर्ष रहेको छ ।’’
उनका अनुसार यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थियो । तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी हारपछि मनिष झाले भने, ‘टीके प्रथा नहोस् भनेर प्रयास गरेको थिएँ, सफल भएँ’
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण