सडक निर्माणको शिलान्यास गर्दै प्रदेश सांसद खातुनले भनिन्-' विकास–निर्माणलाई सधैँ प्राथमिकतामा राख्छु'
रौतहट । नेकपा एमालेको मधेस प्रदेशकी सांसद जैनव खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ सन्तपुर दोस्तियाको सडक निर्माण कार्यको शिलान्यास गरेकी छन् ।
सो अवसरमा उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिएको बताउँदै समृद्ध नेपाल निर्माणको अभियानमा आफूहरू सधैँ सक्रिय रहने प्रतिबद्धता जनाइन् । एमालेको सङ्गठनलाई अझै मजबूत बनाउन उनले नेता कार्यकर्तालाई सुझाव दिइन ।
सांसद खातुनले फतुवा विजयपुर र कटहरिया नगरपालिकाको विभिन्न वडामा नयाँ सडक निकासा र सडक मर्मत तथा ढलान कार्यमा ६९ लाख, मन्दिर निर्माण तथा मर्मत सम्भारमा १० लाख, जनजगाह ६ लाख, र चौतारा निर्माणमा १० लाखको लागतमा संसदीय कोष मार्फत एक करोडको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिइन् ।
खातुनले आफ्नो क्षेत्रको विकास निर्माणका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै स्थानीय सरकारको समन्वय र सहयोग पनि अपरिहार्य रहेको बताइन् । उक्त शिलान्यास कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य सहबान खा, एमाले फतुवा विजयपुर नगर कमिटी अध्यक्ष एवम् वडा अध्यक्ष रामएकवाल राय यादव, एमालेका वडा प्रत्यासी मोबिन आलम, वडाका सचिव हिरालाल महतो लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
-
बल्खु क्षेत्रमा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने १७ जना पक्राउ
-
विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण