ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
गत राति ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २-०३-०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।
मृतक यादवको शव चन्द्रपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ भने ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण