‘सिने सर्कल’मा उत्कृष्ट बनेकी केकी नेफ्टाको नोमिनेसनमै परिनन् !
काठमाडौँ । अभिनेत्री केकी अधिकारी लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय छिन् । उनका फिल्म पनि लगातार आइरहेका छन् । गतबर्षकै कुरा गर्ने हो भने उनको फिल्म ‘झिङ्गेदाउ’ आएको थियो ।
फिल्मले राम्रो व्यवसाय समेत गर्यो । यसै फिल्मबाट केकीले शुक्रवार आयोजित ‘सिने सर्कल अवार्ड’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितिन् ।
तर, आइतबार सोल्टी होटेलमा आयोजित ११ औँ नेफ्टा फिल्म अवार्डको उत्कृष्ट अभिनेत्रीको सूचीमा भने उनी उत्कृष्ट ५ भित्र समेत अटाउन सकिनन् । अवार्डका उत्कृष्ट ५ सूचीमा स्वस्तिमा खड्का, अरुणा कार्की, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, मिरुना मगर परेका छन् ।
केही दिन अगाडि एक अवार्डमा उत्कृष्ट अभिनेत्री बनेकी केकी नेफ्टाको मनोनयनमा नपर्दा सबैको खुलदुलीको विषय बन्ने नै भयो । यसै फिल्मबाट निर्देशक निर्देशक ज्ञानेन्द्र देउजा भने उत्कृष्ट ५ भित्र अटाएका छन् ।
हुन त प्रत्येक अवार्डको आयोजक र जुरी फरक फरक हुन्छन् । त्यसका हिसाबले अवार्ड पाउनु नपाउनु फरक कुरो हो ।
तर एक अवार्डमा उत्कृष्ट भएकी अभिनेत्री अर्को अवार्डमा नोमिनेसनमा नपर्नु भनेको अनौठो भएको कतिपयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण