‘डिएसए स्टार २०२३’ मा छानिए ४ विजेता
काठमाडौँ । ‘डिएसए स्टार २०२३’ मा ४ विजेता छानिएका छन् । जसमा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भए ।
परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनर अप हन्नाह राई भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनर अप, कृतिका भण्डारी सेकेन्ड रनर अप, श्रेया लामा थर्ड रनर अप, शिवालिका मिश्र फोर्थ रनर अप, अनिशा खड्का फिफ्थ रनर अप र सिम्रन राई सिक्थ रनर अप भए ।
त्यस्तै ‘जुनियर सिङगिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फस्ट रनर अप भइन् । यस्तै ‘प्री–टीन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनर अप, नवाङ छोकी तामाङ सेकेन्ड रनर अप, रुप्सा भट्टराई थर्ड रनर अप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनर अप, निरज शर्मा फिफ्थ रनर अप र आकृति भट्टराई सिक्स्थ रनर अप घोषित भए ।
‘प्री–टीन सिङगिङ स्टार’तर्फ श्रेया सुनार फस्ट रनर अप, नेविन दाहाल सेकेन्ड रनर अप र तेन्जी डोमा लामा थर्ड रनर अप भए । प्रतियोगितामा शर्मिका लुँइटेल ‘एक्टिर स्टार’ घोषित भइन् । प्रतियोगितामा आरती श्रेष्ठ, दशरथ सुनार, विनय कार्की र मनोज आचार्य निर्णायक थिए । आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई म्युजिक भिडियो र सन् २०२४ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गराइनेछ ।
कार्यक्रममा शशीविक्रम थापालाई ‘सिनियर सिङ्गर एण्ड म्युजिसियन अफ द इयर’, पाल्मु शेर्पालाई ‘राइजिङ सिङ्गर अफ द इयर’, सुनिला थापा मगरलाई ‘सोसियल वर्कर अफ द इयर’, सुर्यमान सुनुवारलाई ‘डिभोसनल सिङ्गर अफ द इयर’, विक्रम नगरकोटीलाई ‘लिगल कन्सल्टेन्ट अफ द इयर’, मदनकुमार थापालाई ‘फोक सिङ्गर अफ द इयर’, शक्ति बराइलीलाई ‘कमेडियन आर्टिस्ट अफ द इयर’, भीमबहादुर तामाङलाई ‘ड्रोन अपरेटर अफ द इयर’, गंगाराम राईलाई ‘सिनेमाटोग्राफर अफ द इयर’, विक्रम गौतमलाई ‘मुआ अफ द इयर’ र कृष्णप्रसाद ढुंगेललाई ‘कन्स्ट्रयाक्टर अफ द इयर’को सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन योगदान दिएको भन्दै गायक धिरज राईलाई वरिष्ठ गायक लाक्पा शेर्पाले ‘राष्ट्रिय सम्मान’ प्रदान गरेका थिए । कार्यकमलाई बाबा एजुकेशन कन्सल्टेन्शीले मुख्य प्रायोजन गरेको थियो ।
हाउसकी सिइओ सोनिया जीआरले यस्ता कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभालाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिष्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताइन् । कार्यकम राज बराइली र अनिशा खत्रीले सञ्चालन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण