आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन जेठ २१ गतेदेखि

बुधबार, ०३ जेठ २०८०, १६ : ५६
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलको आयोजनामा ‘१६औं कृष्णमोहन श्रेष्ठ स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता’ जेठ २१ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । 

सशस्त्र प्रहरी बलले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हलचोकमा आयोजना हुने जानकारी दियो ।

राष्ट्रिय बरीयता प्रतियोगिताका रुपमासमेत रहेको उक्त प्रतियोगितामा पुरुष तथा महिलाको एकल र युगल, मिक्स युगल, पुरुष यू–१२ र यस–१९, भेट्रान्स युगल (४५ वर्ष र ५५ वर्षमाथि) तथा अन्तरसरकारी सेवा (बहालबाला तथा सेवा निवृत्त ३५ वर्षमाथि) गरी १० वटा स्पर्धा समावेश गरिएको जानकारी सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले दिए ।

कूल ८ लाख ६५ हजार रुपैयाँ पुरस्कार राशिको उक्त प्रतियोगितामा पुरुष र महिला एकलतर्फ शीर्ष तीन स्थानमा आउने खेलाडी क्रमशः ७० हजार, ३५ हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । युगलतर्फ पहिलो हुनेले ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी ब्वाइज (१२ वर्ष र १९ वर्ष मुनिका शीर्ष तीन खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  मिक्स युगलतर्फ प्रथमले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी भेट्रान्स र अन्तरसरकारी सेवातर्फ शीष तीन स्थान हासिल गर्ने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजयी खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र पनि प्रदान गरिने छ ।

प्रतियोगितालाई फर्मुला प्लस ईभेन्ट एवं एडभर्टाईजिङ प्रालि, नेपाल ब्याडमिन्टन संघ (प्राविधिक सहयोग), बागमती प्रदेश, योनेक्स सनराइज नेपाल र एपीएफ मेम्बर्स सोसाइटीले सहयोग गरेका छन् । 

पत्रकार सम्मेलनमा १२औं सहवीर स्मृति खुला राष्ट्रिय लन टेनिस प्रतियोगिता आगामी भदौमा आयोजना गर्ने जानकारी पनि दिइयो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप