फिल्म ‘भष्मे डन’ को छायाँकन सकियो
बिहीबार, ०४ जेठ २०८०, २२ : २६
काठमाडौं । ‘पशुपतिप्रसाद’ को दोस्रो श्रृंखला ‘भष्मे डन’को छायांकन सकिएको छ । पशुपति क्षेत्रमा बिहिबार फिल्मको अन्तिम दृश्य छायांकन गर्दै फिल्मलाई इन्ड(क्ल्याप गरिएको हो । फिल्मको छायाँकन सकिएको निर्देशक दिपेन्द्र के खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । दुई महिनामा फिल्मको छायाँकन सकिएको हो ।
‘भोलिदेखि सम्पादनमा जुट्दैछौं,’ निर्देशक खनालले भने, ‘सुटिङ एकदमै राम्रो भयो । खगेन्द्र लामिछानेको होम प्रोडक्सन टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक मनोज पण्डित स्क्रिप्ट डाइरेक्टरको रुपमा थिए । फिल्मलाई आगामी दशैं फूलपातीमा नेपालसहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।
फिल्ममा अभिनेता विपिन भष्मे डनको भूमिकामा छन् भने स्वस्तिमा खड्का, सौगात मल्ल र प्रकाश घिमिरे लगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण