आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड
तेहरान । इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।
मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा सहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।
मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।
मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आतङ्कवादी समूहको रूपमा चित्रण गरेको थियो ।
उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतङ्कवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो ।
तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतङ्कवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण