सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

शुक्रबार, ०५ जेठ २०८०, २० : ४३
शुक्रबार, ०५ जेठ २०८०

तेहरान । इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।

मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा सहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । 

मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आतङ्कवादी समूहको रूपमा चित्रण गरेको थियो ।

उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतङ्कवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो ।

तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो ।  इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतङ्कवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।- (रासस/सिन्ह्वा)  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप