बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
रातो मत्स्येन्द्रनाथको यात्रा : लगनखेलदेखि जावलाखेलसम्म, तस्बिरहरु
फोटोफिचर

रातो मत्स्येन्द्रनाथको यात्रा : लगनखेलदेखि जावलाखेलसम्म, तस्बिरहरु

सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ सोमवार लगनखेलबाट जावलाखेल पु-याइएको छ ।  सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेलतर्फ तान्न सुरु गरिएको थियो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । 

मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गराएर प्रारम्भ गरिने मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएपछि भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिन्छ र जात्रा समापन हुन्छ ।

रातो मत्स्येन्द्रनाथसँग विद्या, धनसम्पत्ति, शान्तिलगायत सबैकुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन् ।

 १२ वर्षसम्म पानी नपरेर अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया