उच्च पदस्थहरूले राजनीतिक दबाबमा उन्मुक्ति पाए कानुनी राज्यको उपहास हुन्छ : बृहत् नागरिक आन्दोलन
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान र अभियोजन सम्पन्न गरेर न्यायको प्रत्याभूति दिलाउन माग गरेको छ । अनुसन्धान र अभियोजन कमजोर पार्न भइरहेको राजनीतिक हस्तक्षेपप्रति आन्दोलनले गम्भीर आपत्ति जनाएको हो ।
शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार मुलुकी फौजदारी संहिताअनुसार राज्यविरुद्धको कसुर भएको बताउँदै सत्तारूढ दल र प्रतिपक्षले अनुसन्धान प्रक्रिया र मुद्दा दर्तामा पार्न खोजिरहेको राजनीतिक प्रभावले कानुनी शासन र लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने आन्दोलनको ठहर छ ।
‘मुलुक र जनताप्रति पूर्ण रूपले विश्वासघात गरिएको जघन्य अपराधमा कसैले उन्मुक्ति नपाउने अवस्था सुनिश्चित गर्न नागरिक तहबाट थप चनाखो हुनुपर्ने क्षण आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान अपराधले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ भने नेपालको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा पनि आँच पुर्याएको छ । यस अपराधमा संलग्न उच्च पदस्थहरू प्रत्यक्ष वा परोक्ष राजनीतिक दबाब र शक्तिको प्रभावमा उन्मुक्ति पाएमा कानुनी राज्यको उपहास हुन्छ । यसले लोकतान्त्रिक व्यवस्थालाई समेत धरापमा पार्छ ।’
कानुनी प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य जुनसुकै तहबाट हुनु आफैमा कसुर भएको आन्दोलनको भनाई छ । त्यस्तो कार्यको समेत छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेह बनाउनसमेत नागरिक आन्दोलनले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण