संघीयताको विकास मोडल परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्री शर्मा
सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको वर्तमान विकास मोडल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। अहिलेको विकास मोडल व्यवस्था अनुसारको नभएको शर्माको भनाइ छ। बुधवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको पाँचौँ साधारण सभामा बोल्दै शर्माले व्यवस्थाको रक्षार्थका लागि पत्रकारिता जगतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
‘हाम्रो उपलब्धिमाथि प्रहारहरू भइरहेका छन्’ शर्माले भने, ‘उपलब्धिको रक्षा र अहिलेको व्यवस्था अनुसार विकास मोडेलमा परिवर्तन गर्न आवश्यक देखिन्छ।’ मुख्यमन्त्री शर्माले जुन स्प्रिडमा संघीयता लागू हुनुपर्ने हो, त्यो अनुसार लागू नभएको पनि उनको भनाइ छ। यसलाई चिर्नका लागि सबै तहको भूमिका आवश्यक रहेको छ ।
साथै शर्माले अहिलेको व्यवस्थाप्रति नकारात्मकता विकास गर्ने प्रवृत्ति हाबी भइरहेको भन्दै त्यसलाई परास्त गर्न सङ्घीयताको औचित्य पुष्टि हुने आफूहरू लागिरहेको उनले बताए।
साथै उनले समाजवाद एउटा म्याराथन दौड भएको र त्यो दौडमा हामी हिँड्नुपर्ने अहिलेको आवश्यक रहेको पनि पनि उल्लेख गरे । साथै उनले अहिलेको शिक्षा प्रणाली अहिलेको समयमा सुहाउँदो नभएको बताए । ‘शिक्षा प्रविधिमैत्री हुनु आवश्यक हुन्छ,’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण