लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटको बुधबार राति भएको इलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जाइन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्सको सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउले भने १६.३ ओभरमै अलआउट हुनुअघि १ सय १ रनमात्र बनाउन सक्यो ।
मुम्बईको जितमा आकाश मधवाल नायक बने । लखनउलाई विजयलक्ष्यसम्म पुग्न नदिन उनी एक्लैले ५ विकेट लिए । माधवालले ३.३ ओभर बलिङ गर्दै केवल ५ रन खर्चिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
पियुष चावला र क्रिस जोर्डनले पनि १÷१ विकेट हात पारे । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।
त्यसअघि मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन बटुले । तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन जोडे । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन थपे । लखनउका बलर नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण