१५ जेठबाट फ्लोरमा निस्कँदै ‘अगस्त्य’
शुक्रबार, १२ जेठ २०८०, १४ : ५१
काठमाडौँ । सौरभ चौधरीको निर्देशन रहने फिल्म ‘द अनब्रेकेबल ः अगस्त्य’को छायाङ्कन १५ जेठबाट सुरु हुने भएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म नेपालको काठमाडौं र नवलपरासी र भारतको गोरखपुर, बनारसमा छायाङ्कन हुनेछ ।
सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा, विजय बराल लगायतका कलाकारको मुख्य भूमिका रहने फिल्म दुई च्याप्टरमा निर्माण हुनेछ ।
फिल्मको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्न लागेका हुन् ।
सञ्जय लामाको छायाङ्कन रहने फिल्मको नाम हिन्दु धर्मका सप्तऋषि मध्येका एक अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण