मापदण्ड विपरीत सञ्चालनमा रहेका २ अस्पतालको सेवा बन्द गर्न उपमहानगरको निर्देशन
बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले मंगलबार पत्र काटेर अस्पताल सञ्चालनका लागि मापदण्ड नपुगेको भन्दै अस्पताललाई स्वास्थ्य सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी नियमावली अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउँदै सेवा बन्द गर्न पत्राचार अस्पताललाई गरेका हुन् । अस्पताल बन्द गर्नु पूर्व उपमहानगरपालिकले उक्त अस्पतालको अनुगमन र कागजपत्र अनुसन्धान गरेको थियो ।
मापदण्ड पूरा नगरेकै अवस्थामा उक्त अस्पताल लामो समयदेखि सञ्चालनमा रहँदै आएको छ । इजाजत लिएको भन्दा बाहिरको सेवा प्रवाह गर्न खोजेको भन्दै उक्त अस्पताललाई यसअघि पनि अनुगमन टोलीले पटक पटक कारबाही गर्दै आएको थियो ।
उक्त अस्पताल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य कर्मचारी आजम हुसेन देवानले संचालन गरेका हुन् । देवान जीतपुरसिमरा नगर अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत छन् ।
साथै उपमहानगरले वडा नं ७ मा सञ्चालनमा रहेको राव नसिंङ होम प्रालिलाई पनि स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी नियमावली २०७९ अनुसार मापदण्ड पुरा नभएको भन्दै मंगलबारदेखि नै सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ ।
उपमहानगरको निर्देशन विपरीत बन्द नगरेमा कानुन बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण