आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत सञ्चालनमा रहेका २ अस्पतालको सेवा बन्द गर्न उपमहानगरको निर्देशन

बुधबार, १७ जेठ २०८०, ११ : ४०
बुधबार, १७ जेठ २०८०

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको  सिमरास्थित निम्स अस्पताललाई स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । उपमहानगरले मंगलबार पत्र काटेर अस्पताल सञ्चालनका लागि मापदण्ड नपुगेको भन्दै अस्पताललाई स्वास्थ्य सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी नियमावली अनुसार मापदण्ड पूरा गरेको नदेखिएको जनाउँदै सेवा बन्द गर्न पत्राचार अस्पताललाई गरेका हुन् । अस्पताल बन्द गर्नु पूर्व उपमहानगरपालिकले उक्त अस्पतालको अनुगमन र कागजपत्र अनुसन्धान गरेको थियो ।

मापदण्ड पूरा नगरेकै अवस्थामा उक्त अस्पताल लामो समयदेखि सञ्चालनमा रहँदै आएको छ । इजाजत लिएको भन्दा बाहिरको सेवा प्रवाह गर्न खोजेको भन्दै उक्त अस्पताललाई यसअघि पनि अनुगमन टोलीले पटक पटक कारबाही गर्दै आएको थियो ।

उक्त अस्पताल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य कर्मचारी आजम हुसेन देवानले संचालन गरेका हुन् । देवान जीतपुरसिमरा नगर अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत छन् ।

साथै उपमहानगरले वडा नं ७ मा  सञ्चालनमा रहेको राव नसिंङ होम प्रालिलाई पनि स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धी नियमावली २०७९ अनुसार मापदण्ड पुरा नभएको भन्दै मंगलबारदेखि नै सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न निर्देशन दिएको छ । 

उपमहानगरको निर्देशन विपरीत  बन्द नगरेमा कानुन बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

n22n11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप