ट्रेलरमा यस्तो देखियो फिल्म ‘अन्तिम संस्कार’
काठमाडौँ । ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटे बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । २ मिनेट १७ सेकेन्डको ट्रेलरमा सस्प्नेस, थ्रिलर, इमोसन पाटोलाई देखाउन खोजिएको छ । फिल्मका निर्देशक प्रदीप शाही हुन् ।
लेखन समेत निर्देशक शाहीको रहेको फिल्म साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्यमा बनेको हो । भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा विनोद सुवेदी क्षितिज निर्माता रहेका छन् । ‘मर्डर मिस्ट्रि’ को कथामा निर्माण भएको फिल्ममा विजय लामा, दीया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी लगायतको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको फिल्म एप्पल इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण