पुँजीगत लाभकरलाई अन्तिम कर मान्न माग
बिहीबार, १८ जेठ २०८०, ०६ : ३६
पूँजीगत लाभकरलाई अन्तिम कर मान्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई यतिबेला धक्का लागेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा आर्थिक वर्ष २०७६/७७ देखिको आम्दानीमा आयकर लाग्ने कुरा उल्लेख भएपछि धितोपत्र बजारका लगानीकर्तालाई धक्का लागेको हो ।
यस वर्षको आर्थिक विधेयकमा धितोपत्र र घरजग्गाको व्यावसायिक कासेचार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आव २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैतभित्र दाखिला गरेमा त्यसमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
-
भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण