बुटवल–गोरुसिङ्गे सडकको डाइभर्सन बग्यो, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह
बुटवल । बुटवल–गोरुसिङ्गे सडक खण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–४ र ५ को सिमानामा रहेको घमाहा खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
केही महिनाअघि सो स्थानको पुल भासिएपछि डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गरिँदै आएको थियो। तर लगातारको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख निमित्त प्रमुख खगेन्द्र पाण्डेका अनुसार सवारी साधनलाई हाल वैकल्पिक मार्ग प्रयोग गराइएको छ। साना सवारीसाधन पुरानो कल्भर्ट प्रयोग गरेर सञ्चालन भइरहेका छन् भने ठुला सवारीसाधनलाई मुर्गिया हुँदै बुद्धनगर निस्कने वैकल्पिक सडक मार्गबाट पठाउने व्यवस्था गरिएको छ।
डाइभर्सन पुनः निर्माणका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र यातायात सञ्चालन सहज बनाउन आवश्यक पहल भइरहेको उनले बताए।
गत वर्षदेखि विस्तारको क्रममा रहेको बुटवल–गोरुसिङ्गे सडकखण्डमा निर्माण कार्य सुस्त हुँदा यात्रुले धुलो, हिलो तथा ट्राफिक जामको समस्या झेल्दै आएका छन्। यसैबिच बाढीले डाइभर्सन बगाएपछि यात्रु तथा सवारी चालक थप समस्यामा परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?
-
मन्दिरका कर्मचारीसहित ८ जना पक्राउ
-
‘मन्त्रीको अमलेटमा काँडा भेटिँदा जरिवाना गर्ने सरकारले सुकुमबासीको खानामा किरा भेटिँदा के गर्छ ?’
-
शान्ति निर्माण निरन्तर संवाद र जनविश्वासबाट मात्र सम्भव
-
अमेरिका–इरान सम्झौताले इरानी आणविक साइटमा पहुँच दिन्छ : आईएईए
-
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण